तपाईँ सुन्दै हुनुहुन्छः

लोपोन्मुख गिद्ध बाजुरामा देखिन थाले (फोटो फिचर

बाजुरा । नेपालमै  लोपोन्मुख मानिने पन्छी गिद्ध पछिल्लो समय बाजुरामा भने  प्रशस्त मात्रामा भेटिन थालेका छन्।जैविक सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने गिद्धहरू अहिले नेपालमा लोपोन्मुख अवस्थामा पुगेका भए पनि बाजुरामा भने प्रशस्त मात्रामा देखिन थालेका हुन्। बाजुराको सबैभन्दा बढी बडिमालिका,त्रिवेणि,बुढिनन्दा र बुढिगंगा नगरपालिका क्षेत्रमा प्राय हरेक दिन २ दर्जन भन्दा बढी मात्रामा गिद्धहरू देखिने गरेका स्थानीयको भनाइ छ।

नेपालमा पशु चिकित्सामा प्रयोग गरिने डाइक्लोफेनेक औषधि, खाद्य अभाव, तथा प्राकृतिक बासस्थानको विनाश जस्ता कारणले गिद्धहरूको सङ्ख्या दिन प्रतिदिन घट्दै गएको छ।

नेपालमा पाइने सेतोठूली गिद्ध,सानो सेतोठूली गिद्ध, र रातो गिद्ध जस्ता प्रजातिहरू अति सङ्कटापन्न सूचीमा परेका छन्। नेपाल सरकारले गिद्ध संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि गिद्धको सङ्ख्या भने घट्दै गएको तथ्याङ्क सार्वजनिक हुने गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button