बाँकेको डुडुवामा एक जना पुरुष मृत अवस्थामा फेला
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
गाउँपालिकाको वडा नम्बर २ स्थित रामबली लखेरको बगैँचामा पहिचान नखुलेको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
माघ २२ गते मङ्गलवार बिहान ७ बजे उक्त बगैँचामा झुन्डिएको अवस्थामा मृत फेला परेका अन्दाजी ४० ४५ वर्षका पुरुषको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीले सबै कार्य पूरा गरेर मृतकको शवलाई भेरी अस्पतालको शव गृहमा राखेको जनाउँदै उक्त मृत पुरुषको पहिचानका लागि चौतर्फी खबर गरिएको जनाएको छ ।
प्रहरीका अनुसार मृतक पुरुष गहुँगोरो वर्ण भएको , उचाई ५ फिट ५ इन्च, खैरो कलरको लाम्बाउले हाइनेक र खैरो कलरको टाउजर लगाएको पहाडी समुदायको जस्तो देखिने व्यक्ति रहेको जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्