तपाईँ सुन्दै हुनुहुन्छः

कुलुङको “केइ कुलु” गीत सार्वजनिक

सोलुखुम्बु । सोलुखुम्बुका आनन्दबहादुर कुलुङको “केइ कुलु” गीत सार्वजनिक भएको छ । शिक्षण पेसामा आबद्ध महाकुलुङ–५ निवासी कुलुङको शब्दमा रहेको कुलुङ भाषाको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

महाकुलुङ सरोकार मञ्च दक्षिण कोरियाले माग गरे अनुसार आनन्द कुलुङको शब्द उत्कृष्ट गीतको रुपमा गीत छनौट समितिले छनौट गरी रेकर्डिङ गरिएको हो । उत्कृष्ट गीत रचना गरेबापत कुलुङले नगद ५० हजार रुपियाँ पुरस्कार स्वरूप प्राप्त गर्नुभएको छ ।

भर्खरै बजारमा ल्याइएको यस गीतमा शान्तिराम राईको सङ्गीत तथा गायक गायिका परेस राई, अजय अलङ्कार कुलुङ, दिपा सुहाङ लिम्बु, मिलना पुमा कुलुङले स्वर रहेको छ । देवेश राईले एरेन्ज गरेको  गीतको शब्द कुलुङ समुदायको पहिचानसँग सम्बन्धित रहेको छ । 

यस गीतमा कुलुङ समुदायकै पहिचान बोकेको बाजा मुर्चुङ्गा, विनायो र पुङ (नहर्सीङ्गा) लगायतको बाजा प्रयोग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button