तपाईँ सुन्दै हुनुहुन्छः

डोटीको बोगटान गाउँपालिकामा पहिलो पटक पुगयो राष्ट्रिय प्रसारण लाइनको विद्युत्

डोटी। डोटीको बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायल अन्तर्गतको ११ केभी प्रसारण लाइनको विद्युत् वडा नम्बर ७ चवराचौतामा ट्रान्सफर्मरको जडानसँगै बाल्न सुरू गरिएको हो। उक्त गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले स्विच अन गरेर उद्घाटन गर्नुभएको हो।

विद्युत्को उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गड्सिलाले पालिकाका ७ ओटै वडामा विद्युत् विस्तार गर्ने काम भइरहेको बताउनुभयो। उहाँका अनुसार, विद्युत् विस्तारको काम प्राधिकरणबाटै भइरहेको छ र यसलाई तीव्र बनाउने उद्देश्यले पालिकाले सहजीकरण र समन्वय गरिरहेको छ।

पालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीयवासीहरू खुसी भएका छन्।

हाल, बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ६ गगुडामा मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच रहेको छ। वडा नम्बर ४, ५ र ७ मा स्थानीय विद्युत् तथा वडा नम्बर २ को गराजुमा सोलार विद्युत्को पहुँच छ भने अन्य स्थानमा बिजुली पुगेको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button