तपाईँ सुन्दै हुनुहुन्छः

श्री पञ्चमीको अवसरमा मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया 

उदयपुर । श्री पञ्चमीको अवसरमा नेपाल नेत्र ज्योति संघ, मदन भण्डारी आँखा अस्पताल उदयपुरले निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको छ।

कोशी प्रदेश सभा उपसभामुख सिर्जना दनुवारको प्रमुख अतिथ्यमा नेपाल नेत्र ज्योति सङ्घ उदयपुर मदन भण्डारी आँखा अस्पताल गाइघाट बोक्से वासवारीमा भएको शिविरमा ३२ जना मोतीबिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो। 

नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा भएको निःशुल्क शल्यक्रिया शिविरमा उदयपुर, सुनसरी, खोटाङ सहित भारतका बिरामीहरूले समेत लाभ लिएका थिए । 

नेपाल नेत्र ज्योति संघका अध्यक्ष भागवत राउतका अनुसार सङ्घले यस्ता निःशुल्क शल्यक्रिया शिविर हालसम्म १३ पटक सञ्चालन गरिसकेको बताउनुभएको छ ।

निःशुल्क रुपमा शिविर सञ्चालन गरेसँगै सेवा लिन आएका बिरामीहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूले समय र खर्च समेत जोगिएको तथा ठूलो राहत प्रदान गरेको भन्दै सङ्घलाई धन्यवाद समेत दिएका छन् ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गीता रेग्मी, एमाले केन्द्रीय सदस्य अम्बिका थापा, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button