तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख घिमिरेसँग इजरायली राजदूतको शिष्टाचार भेट 

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच भेटवार्ता भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

भेटमा उहाँहरुबीच विपिन जोशीको रिहाइ, दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button