तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

नेपालगन्ज । नेपालगन्जमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–११ मा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

भे.१० प ४३४१ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा भे.१० प ४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया राजापुर नगरपालिका–१० बस्ने २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button