तपाईँ सुन्दै हुनुहुन्छः

दुई जना बेवारिसे वृद्धको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा दुई जना बेवारिसे वृद्धको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–५ बजार स्थित मागेर खाई हिँड्ने मानसिक सन्तुलन ठिक नभएका अन्दाजी ७० वर्षीय वृद्धको मृत्यु भएको छ । मृतकको नामथर वतन नखुलेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । माघ ४ गते बिरामी भएका उनलाई तत्काल प्रहरीको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचाररत उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी बरहथवा बजार एरियामै मागे खाई हिँड्ने, मानसिक सन्तुलन ठिक नभएका, नाम थर वतन नखुलेको अन्दाजी ६५ वर्षीय अर्का पुरुषको पनि मृत्यु भएको छ । बरहथवा नगरपालिका–८ टाँडी टोल स्थित दलित सामुदायिक प्राथमिक विद्यालयको बराण्डामा बेहोस अवस्थामा भेटिएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button