विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न विद्यालयद्वारा तरकारी खेती सुरु
बर्दिया । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न बर्दियाको एक विद्यालयले तरकारी खेती सुरु गरेको छ ।
कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न गेरुवा गाउँपालिका–५ बिन्द्रामा रहेको सरस्वती आधारभूत विद्यालयले तरकारी खेती सुरु गरेको हो ।

विद्यालयले ३ कठ्ठा जग्गामा खुर्सानी, प्याज र भान्टा तरकारी खेती सुरु गरेको छ । ३० केजी बीउबाट च्याउ उत्पादन गरी बिक्री समेत गरिरहेको छ ।
एकातिर विद्यार्थीलाई सिकाउने र अर्कोतर्फ विद्यालयले तरकारी बिक्रीबाट भएको आम्दानीबाट विपन्न विद्यार्थीको शैक्षिक सामाग्री खरिद गर्नका लागि तरकारी र च्याउ खेती गरिएको शिक्षिका राम कुमारी चौधरीले बताउनुभयो ।
ब्युल्डअन नेपाल र विद्यालयको २१ हजार लगानीमा च्याउ र तरकारी खेती सुरु गरिएकोमा हाल राम्रो उत्पादन भएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक योगेन्द्रकुमार चौधरीले विद्यालयमा पहिलो पटक कक्षा ६, ७ र ८ का विद्यार्थीलाई सहभागी गराएर तरकारी खेती गरिएको बताउनुभयो ।
विद्यालयमा २ सय ५५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा आम्दानीको अन्य कुनै स्रोतको नभएपछि विद्यालयले तरकारी खेती सुरु गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्