अचेत अवस्थाका चिनिया नागरिकको उद्धार
![](https://radionepalonline.com/wp-content/uploads/2025/01/tourist-uddhar-solu.jpg)
सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले लेक लागेका चिनियाँ नागरिकको उद्धार गरेको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ छुकुम स्थित छुकुम होटलबाट चीनका २५ वर्षीय जिछुएन्लुको प्रहरीले उद्धार गरेको हो ।
लेक लागी बिरामी भई अचेत अवस्थामा रहेको जानकारी पाएपछि सोमबार प्रहरी टोलीले बिरामीलाई उद्धार गरी खुम्जुङ स्वास्थ्य चौकी पाङ्बोचेमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्