राजनीति पैसामुखी र व्यक्तिगत स्वार्थमा केन्द्रित हुन थाल्यो : नेता कोइराला
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका लागि हुन थालेको बताउनुभएको छ ।
नोना कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण समारोहमा उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता र पैसाको पछि हिँडिरहेको टिप्पणी गर्नुभयो ।
उहाँले सरकारमा बसेका व्यक्तिहरूले व्यक्तिगत स्वार्थ भन्दा पनि देश र जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्ने बताउनुभयो ।
नोना कोइरालाको १८ औँ स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा उहाँले नोना कोइरालाले आफूलाई नैतिकता र इमानदारिताको पाठ सिकाएको बताउनुभयो ।
कार्यक्रममा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । नेता डा. कोइराला र प्रतिष्ठानकी अध्यक्ष पुनम कोइराला लगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्