तपाईँ सुन्दै हुनुहुन्छः

सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरजलाई

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जित्नु भएको छ । जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराउँदै निरजले समग्रमा १-अन्डर २०६ स्कोर गर्नु भयो । उहाँले शुक्रवारको खेलमा भने ४-ओभर ७३ स्कोर गर्नु भएको हो ।

उहाँले उपाधि सहित नगद १ लाख ५० हजार प्राप्त गर्नु भयो । निरजले पोखरामा उपाधि जितेको यो पहिलो पटक हो। उहाँको जीवनमा यो तेस्रो उपाधि हो । यसअघि उहाँले गत सिजनमा सूर्य नेपाल काठमाडौँ ओपन र जारी सिजनमा सूर्य नेपाल वेस्टर्न ओपन जित्नु भएको थियो ।

इभन-पार ६९ को कार्ड तयार पारेका जयराम श्रेष्ठले समग्रमा २-ओभर २०९ सहित दोस्रो हुन सफल हुनु भयो । उहाँले नगद १ लाख हात पार्न सफल हुनु भयो । समग्रमा ३-ओभर २१० को स्कोरमा भुवन कुमार रोक्काले तेस्रो स्थान हासिल गन सफल हुनु भयो । उहाँले -ओभर ७६ को प्रदर्शन गर्नु भएको थियो भने पुरस्कार बापत ७५ हजार प्रदान गरिएको थियो ।

नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले आज २-अन्डर ६७ को स्कोर दर्ज गर्नु भयो । समग्रमा ४-ओभर २११ सहित चौथो हुँदा उहाँले ६३ हजार प्राप्त हात पार्न सफल हुनुभयो ।

७-ओभर २१४ को स्कोरमा सञ्जय लामा, धन थापा, विष्णु प्रसाद शर्मा र रामे मगरले पाँचौँ स्थान बाँड्नु भयो । विष्णु र रामेले आज ४-ओभर ७२ तथा सञ्जय र धनले ७-ओभर ७६ को स्कोर निकाल्नु भयो ।

एमेच्योर तर्फ सुरेश तामाङ पहिलो हुनु भयो । इभन-पार ६९ को स्कोरमा समग्रमा ९-ओभर २१६ को नतिजा निकाल्दै सुरेशले सुमन परियारलाई दुई स्ट्रोकले पराजित गर्नु भयो । समग्रमा ११-ओभर २१८ सहित सुमन काउन्ट ब्याकमा दोस्रो हुनु भयो, ३-ओभर ७२ स्कोर गर्दा दोस्रो दिनका लिडर सुन्दर राईले आज ९-ओभर ७८ खेल्दै तेस्रो स्थानमा रहनु भयो ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका महाप्रबन्धक केशव प्रधान, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जिवाराम गुरुङले पुरस्कार वितरण गर्नुभयो ।

५४ होलको तीन दिने प्रतियोगितामा ३४  प्रोफेसनल र १८  एमेच्योर गरी कुल ५२ गल्फरहरूले सहभागिता रहेको थिए।  प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख ८२ हजार रहेको थियो। भोलि प्रो-एम प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता पोखराको हिमालयन गल्फकोर्षमा सञ्चालन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button