तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा चिप्लेढुंगामा ४ करोड लगानीमा खुल्यो ‘ड्याडिज किचेन’

पोखरा । पोखराको चिप्लेढुंगामा ‘ड्याडिज किचेन’ सञ्चालनमा आएको छ । पोखरामा चौथो शाखाको रुपमा उक्त ड्याडिज किचन शुक्रबार देखि सञ्चालनमा आएको ड्याडिज ग्रुपका अध्यक्ष एवं युवा व्यवसायी कमलजंग कुँवरले बताउनुभयो । 

चिप्लेढुंगाको ड्याडिज किचनको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र ८४ वर्षीया ज्येष्ठ नागरिक लक्ष्मीदेवी द्वाले संयुक्त रुपमा समुद्घाटन गर्नु भएको हो । करिब ४ करोडको लगानीमा उक्त ड्याडिज किचन सञ्चालनमा ल्याएको अध्यक्ष कुँवरले जनाउनु भयो । 

करिब १३ बर्ष अघि बुटवलबाट ठेला, फुड ट्रक, क्याफे हुँदै सञ्चालनमा आएको ड्याडिज किचनले हाल बुटवल सहित काठमाण्डौं र पोखरा गरी करिब २२ वटा शाखा सञ्चालनमा ल्याएको सञ्चालक कुँवरले बताउनु भयो । कायापलट ल्याउँछौ स्वदेशमै युवा उद्यमशीलताको सम्मान गरौँ भन्ने नाराका साथ आफूले देश भर करिब ७ सय जना युवाहरूलाई प्रत्यक्ष रोजगार दिएको उहाँले दाबी गर्नु भयो । 

पोखराकै बिरौटामा फुड ट्रक, हिमाली टोलमा ड्याडीज किचन, सिमलचौरमा ड्याडिज एक्सप्रेस सञ्चालनमा आएको छ । उद्घाटन अवसरमा ११ गते, शुक्रबार साँझ नै राष्ट्रिय कलाकार अस्मिता अधिकारी र महेश काफ्लेले समेत साङ्गीतिक प्रस्तुति राख्नुहुने कार्यक्रम रहेको छ । यस्तै, माघ १५ गतेसम्म क्रमशः हाँस्यकलाकार सन्दीप क्षेत्री, गायक एस. कुमार र कपिल पुन र नेशन पुनस मेतको प्रस्तुति रहने भएको छ । 

उक्त किचनमा नेपाली, इण्डियन तथा कन्टिनेन्टल मल्टी कुजिन, विभिन्न प्रकारका गुणस्तरीय खाना÷खाजा, फुड डेलिभरीको सुविधा, मिटिङ हल, प्राइभेट स्पेस, दैनिक लाइभ म्युजिक, वर्थ–डे लगायत विभिन्न कार्यक्रमहरूको सेलिब्रेसन, रमाइलो अनि आरामदायी वातावरण, आत्मीय सेवाको अनुभव, व्यवस्थित पार्किङ लगायत सुविधा रहेको अध्यक्ष कुवंरले जनाउनु भयो । 

रुपन्देही, कास्की र काठमाडौँका विभिन्न ठाउँमा २२ शाखाहरूमा ड्याडिज किचन, ड्याडिज ट्रक, ड्याडिज एक्सप्रेस, कुकर कफी, हिपत रेष्टुरेन्ट तथा विभिन्न प्रतिष्ठित संस्थाहरूमा क्यान्टिन सञ्चालित छन् । आगामी वर्ष सन् २०२५ मा भारतको राजधानी नयाँ दिल्लीबाट ड्याडिज किचन नामबाट थप सेवा विस्तार गर्ने योजना रहेको कुवंरले जनाउनु भयो । पोखरामै ४ शाखाहरूमा २ सय ७० जना भन्दा बढीलाई रोजगारको अवसर दिएको संस्थाले जनाएको छ । पोखरामा संदिप क्षेत्रीले करिब २ सय ५० जना कर्मचारीलाई व्यवस्थापन गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button