तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष दाहालद्वारा चखौरा थारु संग्राहलयको अवलोकन

दाङ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  दाङको दंगीशरण ३ चखौरामा रहेको ऐतिहासिक थारु संग्राहलयको अवलोकन गर्नु भएको छ ।

शुक्रवार उहाँले थारुहरूको अध्ययन तथा अनुसन्धान थलोको रुपमा रहेको थारु संग्राहलयको अवलोकन गर्नु भएको हाे ।थारु संग्राहलयको अवलोकन गदै पूर्व प्रधानमन्त्री दाहालले दक्षिण एसियाकै राम्रो र महत्वपूर्ण संग्रालय रहेको बताउनुभयो ।

उहाँले संग्राहलयले पर्यटन प्रवर्द्धन, थारु संस्कृतिको संरक्षण, इतिहासको संरक्षण र प्रबद्र्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताउनुभयो । दाङमा स्थापना भएको ऐतिहासिक थारु संग्रालय बन्नु राम्रो र लुम्बिनीकै लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री दाहालले सामुदायिक क्षेत्रको पहलमा यति व्यवस्थित र ठूलो संग्राहलय स्थापना र सञ्चालन हुनु देशले गौरव गर्न लायक रहेको बताउनु भयाे ।

विभिन्न जातजातिहरूको इतिहास देखिने गरि यी र यस्तै सङ्ग्रहालयहरू स्थापना भएमा इतिहास जीवित रहने उहाँको भनाई थियो । सङ्ग्रहालयहरूले इतिहास मात्रै जीवित नराख्ने भन्दै पर्यटकीय गन्तव्य निर्माण गर्ने र पर्यटन प्रबद्र्धनमा टेवा पुर्‍याउने उल्लेख गरे । थारु संग्राहलयले पनि यो काम गरेको उहाँको भनाई थियो ।

उनले सङ्ग्रहालयको महत्व र स्थानीय भूमिका र सरकारको सहभागिताको विषयमा समेत जिज्ञासा राखेका थिए । संग्राहलयको महत्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी गराउनु भएको थियो ।चौधरीले थारुहरूको इतिहास जीवन्त राख्न सङ्ग्रहालयहरूको परिकल्पना गरिएको बताउनुभयो ।पछिल्लो समय थारु संग्राहलयमा राजनीतिक व्यक्तिहरूको अध्ययन र अनुगमनको थलो बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button