तपाईँ सुन्दै हुनुहुन्छः

हराए देउराली, भत्किए चौतारा र ओखल, मासिँदै परम्परागत पहिचान

मुगु । विकासको  तीव्रताले गाउँमा सजिएका देउराली र चौताराहरू हराउँदै गएपछि गाउँको पुरानो पहिचान मेटिन थालेको छ। आधुनिक संरचनाको निर्माण र परम्परागत संस्कृतिको अवमूल्यनले देउराली  चौतारा र धान कुट्ने ओखलको महत्व घटाएको स्थानीयवासीले गुनासो गरेका छन् ।

‘हामीले बाल्यकालमा यहीँ देउरालीमा मेला र विभिन्न सांस्कृतिक कार्यक्रमहरू मनाउने गर्थ्यौँ । तर, अहिले यी ठाउँहरू ओझेलमा परेका छन् ‘ । छायाँनाथ राराका स्थानीय वृद्ध तिलक प्रसाद चौलागाईले बताउनुभयो ।

गाउँका युवाहरू अवसरको खोजीमा सहरतर्फ आकर्षित भइरहेका छन् भने स्थानीय सरकारले पनि यस्ता ऐतिहासिक र सांस्कृतिक स्थलहरूको संरक्षणमा ध्यान नदिएको स्थानीयहरूको आरोप छ। परम्परागत सदियौँदेखि मानिँदै आएका  चाँड पर्वहरू मनाउने , रातभर देउडा खेल्ने, राती आगो बालेर भुओ मनाउने स्थलहरू संरक्षण अभावका कारण कतै भत्किँदै गएका छन् भने कतै त्यतिकै ओझेल पर्दै आएका छन् र कहीँ संरचना बनिसकेका छन् ।  सडक यातायातको विकासले सडक खन्दा कतै चोैतारीहरू मासिसकेका छन् भने कतै वैकल्पिक मार्ग प्रयोग गरिदा  ओझेल परेका छन् ।

यस्ता परम्परागत संरचनाहरूको खोजी गरी संरक्षण तर्फ जोड दिनुको विकल्प नरहेको छायाँनाथका  स्थानीय  दानबहादुर  हितानले बताउनुभयाे । उहाँले भन्नुभयो  ‘उहिलेको समयमा धान कुट्न ढुङ्गे ओखलमा महिलाहरू जम्मा हुने, दु:ख सुखका कुरा र सहयोग आदान प्रदान गर्ने स्थानको रूपमा ओखल बढी प्रयोग  हुने गर्थ्यो , तर आजकल बाहिरी जिल्लाबाट आयातित चामल बढी प्रयोग हुन्छ , खेतीपाती छोडीसके तैपनि गाउँ गाउँमा मिल पुगिसके त्यतै धान कुट्छन्, महिलाहरू जम्मा हुने कुरै भएन ‘ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button