सुत्केरी आमा र बच्चाको उद्धार
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट सुत्केरी महिलाको उद्धार गरिएको छ । थुलुङ दूधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको स्थानीय अस्पतालमा सुत्केरी भएपछि शिशुको स्वास्थ्यमा समस्या देखिएपछि नवजात शिशुमा सहित नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा मङ्गलबार शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला अधिकारी प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

थप सघन उपचारका लागि आमा र बच्चालाई थापाथलीस्थित प्रसूति गृहमा भर्ना गरिएको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्