तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीकोमा एक युवकको शव फेला

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर –२ स्थित मङ्गलवार गाउँकै छेउमा एक युवकको शव फेला परेको छ। सोनमा गा.वि.सका पूर्व अध्यक्ष गोखुल यादवको अन्दाजी २८–२९ वर्षका छोरा ज्ञानु भनिने नरेन्द्र यादव रहेको पहिचान खुलेको हो । 

प्रहरीले घटना र शवको प्रकृति हेर्दा हत्या भएको आशङ्का गर्दै घटना स्थलमा डग टोलीसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेले बताउनुभएको हो।

शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएको जस्तो प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानले वास्तविकता खुल्ने एसपी पोखरेल बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button