गृह र यातायात मन्त्रीद्वारा निर्माणाधीन पुलको स्थलगत निरीक्षण
कञ्चनपुर । गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधीन महाकाली पुलको स्थलगत निरीक्षण गर्नुभएको छ ।

वर्षायाममा महाकाली नदिमा आएको बाढीले पुलको उत्तरतर्फ निर्मित पोखरीको तटबन्ध कटान गरेको र महाकाली नदिमा निकास गरिएको भुजेल खोलाबाट महाकाली नदिको बाढी गाउँमा पस्दा हुने गरेको क्षतिबारे गृहमन्त्री लेखकले यातायात मन्त्री दाहाललाई जानकारी गराउँदै आउँदो जेठसम्ममा समस्याको समाधान हुने गरि काम अघि बढाउन अनुरोध गर्नुभयो ।
यातायात मन्त्री दाहालले स्थलगत निरीक्षण पश्चात् अहिलेसम्म भएको प्रगति र अब गर्नुपर्ने कामबारे प्राविधिक पक्षको अध्ययन गरी बाँकी काम अघि बढाइने बताउनुभयो ।
महाकाली नदिको बाढी भुजेल खोला भएर गाउँ पस्ने गरेका कारण भीमदत्त नगरपालिकाका करिब २ हजार बढी घरपरिवार डुबानमा पर्ने गरेकोले वर्षायाम अघि नै समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय जनप्रतिनिधिहरूले दुवै मन्त्रीहरूलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्