अवधि भाषी समुदायका हिन्दु महिलाहरूले सकठ चौथ पर्व मनाउँदै
काठमाडौँ । नेपालको पश्चिम तराईका जिल्लाहरूमा बसोबास गर्ने अवधि भाषी समुदायका हिन्दु महिलाहरूले आज सकठ चौथ पर्व मनाइरहेका छन् ।
अवधि भाषी समुदायका हिन्दु महिलाहरू यस पर्वका दिन बिहान सबेरै उठेर तिलको पानीले नुहाई शुद्ध भई निर्जल व्रत बस्ने र बेलुका तिलको लड्डु, फर्सी, सखरखण्ड राखी चन्द्रमाको पूजा गरेपछि मात्रै पानी र प्रसाद ग्रहण गर्ने परम्परा रही आएको छ ।
अवधि भाषी समुदायमा सकठ चौथ अथवा माघी चौथको रुपमा मनाइने यस पर्वमा व्रत बसी पूजा गर्नाले सन्तानको सुस्वास्थ्य, दीर्घायु सँगै कल्याण हुने विश्वास रही आएको अवधि साँस्कृतिक विकास परिषद्का सदस्य पशुपतिमणि त्रिपाठीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्