तीन सय मुसहर महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण
वीरगंज । कठ्याग्रीदो जाडो र शितलहरले प्रभावित पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर–४ खेस्राहामा रहेका ३ सय मुसहर महिला तथा बालबालिकाहरूलाई आज एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको छ ।
गैरसरकारी संस्था रोटरी क्लब अफ वीरगञ्ज पर्साले कठाङ्ग्रिँदो जाडोबाट प्रभावित ३ सय मुसहर बालबालिकालाई ट्र्याकसुट र टोपी लगायतको न्यानो कपडा वितरण गरेको रोटरी क्लब अफ वीरगञ्ज पर्साका अध्यक्ष निर्मल खत्रीले बताउनुभयो ।
कार्यक्रमका पर्सा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायत जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरूकै उपस्थितिमा संस्थाले राहत स्वरूप न्यानो कपडा वितरण गरेको हो ।
न्यानो कपडा पाएपछि स्थानीय मुसहर ढोगनि देवीले भन्नुभयो “हामीसँग पैसा हुँदैन, जाडोमा काम गर्न पनि सकिएको छैन, यस्तो अवस्थामा उहाँहरूको यो सहयोगले हाम्रो आङ ढाक्ने मात्र होइन जीवन नै बचाउनुभएको छ ।”
कार्यक्रममा रोटरी क्लब अफ वीरगन्जका सचिव राकेश मिश्रा, वडा अध्यक्ष ढेडी प्रसाद यादव, सशस्त्र प्रहरी बिओपी लहावरथकरीका इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोण ढकाल, रोटरी क्लबका आयुस गुप्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्