रेडियो नेपाल र नेपाल टेलिभिजनले मुलुकको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको छ: कार्यकारी अध्यक्ष डा. बिष्ट
काठमाडौँ । सार्वजनिक सेवा नेपाल( पिएसबी)को पूर्बारम्भ समारोह सुरु भएको छ । सार्वजनिक सेवा प्रसारण (पिएसबी) को पूर्वारम्भ (Pre Launching) कार्यक्रमहरू सुरु भएको छ।

उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्नुहुँदै पिएसबी नेपालका अध्यक्ष डाक्टर महेन्द्र बिष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनले मुलुकको समृद्धि, कला संस्कृतको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।

पिएसबीले अब रेडियो र टिभीलाई नयाँ स्वरूपमा परिवर्तन गर्दै दुवै संस्थाको अस्तित्वलाई थप बलियो बनाउने अध्यक्ष बिष्टले बताउनुभयो । उहाँले राष्ट्र निर्माण, विपद्को बेलाको सूचना र राष्ट्रिय समृद्धि पिएसबीको मुख्य प्राथमिकता भएको जानकारी दिनुभयो ।

उहाँले पिएसबीको अन्तर्राष्ट्रिय अभ्यासलाई सरकारले पनि ध्यान दिनुपर्ने मा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्