तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा (आज) सार्वजनिक बिदा 

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते (आज) सार्वजनिक बिदा दिएको छ।

थारु समुदायको माघी पर्वको अघिल्लो दिन आज बङ्गुर काट्ने (जिता) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ। 

पुस अन्तिम दिन थारु समुदायमा बङ्गुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ। थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button