तपाईँ सुन्दै हुनुहुन्छः

श्रेष्ठको नेतृत्वमा प्रेस सेन्टर नेपाल पिएसबी शाखाको नयाँ कार्यसमिति गठन

काठमाडौँ । प्रेस सेन्टर नेपाल सार्वजनिक सेवा प्रसारण (पिएसबी) प्रतिष्ठान शाखामा अर्जुन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । 

रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज भएर सार्वजनिक सेवा प्रसारण (पिएसबी) मा रूपान्तरण भएपछि प्रेस सेन्टर नेपाल पिएसबी शाखाको पहिलो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनबाट शाखाको उपाध्यक्षमा नवराज दाहाल, सचिवमा सरोज रिजाल र कोषाध्यक्षमा विद्या चौधरी चयन हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरीले संस्थाको विकास र पत्रकारको हकहित र क्षमता अभिवृद्धि गर्नेगरी कार्यसमिति अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रेस सेन्टर नेपालका प्रतिष्ठान प्रदेशका इन्चार्ज विदुर खड्का, केन्द्रिय महासचिव सन्तोष पौडेललगायतले रेडियो नेपाल र नेपाल टेलिभिजन एक भएर पिएसबीका रुपमा अगाडि बढेको सन्दर्भमा सिङ्गो कार्यसमितिले यसको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

प्रेस सेन्टर नेपाल नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका निवर्तमान अध्यक्ष चुडामणी नेपालले संस्थाको विकास र श्रमजीवी पत्रकारको हकहितका पक्षमा सङ्गठन क्रियाशील रहँदै आएको बताउनुभयो ।

रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज भएर सार्वजनिक सेवा प्रसारण (पिएसबी) मा रूपान्तरण भएपछि त्यहाँ रहेका क्रियाशील सङ्गठनहरू मध्ये प्रेस सेन्टर नेपाल पिएसबी शाखाले पहिलो अधिवेशन सम्पन्न गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button