तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाका विद्यालय बन्द 

कञ्चनपुर । कञ्चनपुरलगायत पश्चिम तराईमा हुस्सुसँगै शितलहर सुरु भएको छ । 

कञ्चनपुरलगायत पश्चिम तराईका केही स्थानहरूमा हुस्सु÷कुहिरोसँगै शितलहर सुरु भई चिसो झन बढेन थालेको छ । 

चिसो बढेपछि यहाँका बालबालिका र वृद्ध वृद्धाहरू बढी प्रभावित भएका छन् । शितलहरका कारण बजार क्षेत्रमा पनि मानिसको चहलपहलमा कमी आएको छ ।

शितलहर सुरु भएसँगै यस क्षेत्रका विद्यालयहरूले बिदा दिन थालेका छन्  । 

चिसो बढेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पुस २५ देखि २८ गतेसम्म विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ । 

विगत केही दिनदेखि चलेको शितलहरका कारण अत्यधिक चिसो बढ्न गई विद्यालयको नियमित पठनपाठनमा अवरोध र र विद्यार्थीको स्वास्थ्य अवस्थामा समेत प्रतिकुल असर पर्नसक्ने अवस्थालाई मध्यनजर गरी नगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button