तपाईँ सुन्दै हुनुहुन्छः

असिना पानीबाट हिउँदे बालीमा क्षति

पोखरा । कास्कीको माछापुच्छ्रे–७, धम्पुस क्षेत्रमा असिना पानीबाट हिउँदे बालीमा क्षति पुगेको छ । मङ्गलवार आएको हावाहुरी सहितको असिना पानीले धम्पुस क्षेत्रमा लगाइएको हिउँदे बालीमा ठुलो क्षति पुगेको स्थानीय किसानहरूको गुनासो छ ।

स्थानीय लालीगुराँस कृषक समूहका अध्यक्ष ज्ञानु भण्डारीले आफूहरूले यस वर्ष ६० बोरा आलु व्यावसायिक रुपमा लगाएको भए पनि हुर्किएको आलुको बोट नै मर्ने गरी असिनाबाट क्षति भएको बताउनुभयो । गाउँमा अन्य विभिन्न व्यक्ति तथा संस्थाबाट सो क्षेत्रमा करिब २ सय बोरा आलु लगाइए पनि यस वर्ष बीउ पनि नपुग्ने गरी आलुमा क्षति पुगेको अध्यक्ष भण्डारीको भनाइ छ ।

माछापुच्छ्रे–७ (धम्पुस) का वडा अध्यक्ष बैकुण्ठ भण्डारीले पीडित किसानहरूलाई राहत उपलब्ध गराउन सम्बन्धित ठाउँमा हल गर्ने बताउनुभयो । सामान्यतया प्रति घर परिवारले ५ सय किलोसम्म आलु बिक्री गरी आफ्नो दैनिकी चलाउँदै आएको अवस्थामा आलु खेतीमा क्षति पुग्नुले उहाँहरूको दैनिकीमा समेत समस्या हुनसक्ने अध्यक्ष भण्डारीले जनाउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले मङ्गलवारको असिना पानीबाट धम्पुस सहितका अन्य क्षेत्रमा क्षति भएकोले त्यसको विवरण सङ्कलन गर्न सुरु गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button