हिमालयन शेर्पा र पुलिस क्लबबीचको खेल बराबरीमा सम्पन्न
काठमाडौँ । अन्तिम १२ मिनेट सम्हालिन नसक्दा हिमालयन शेर्पा फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली नेपाल पुलिस क्लबसँग अङ्क बाँडेको छ ।
यद्यपि, पहिलो खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबसँग ५–० ले पराजित भएको शेर्पा एक अङ्क हात पार्न सफल भएको छ । पुलिसको भने यो पहिलो बराबरी हो । यसअघि पुलिसले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ७–० ले हराएको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मङ्गलवार शेर्पालाई ३–३ को बराबरीमा रोक्न पुलिसका समीर कुमारले ह्याट्रिक गरे । शेर्पाका सुजन स्याङ्तान पनि ह्याट्रिक नै गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्