तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको सडक गुरुयोजना अन्तिम चरणमा 

दाङ। लुम्बिनी प्रदेश सरकारको प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

गुरुयोजनालाई अब प्रदेशसभाका सबै सदस्यहरूसँग अन्तिम पटक छलफल गरी मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको छ । प्रदेशसभाका ८७ जना सदस्यहरूकै अपनत्व हुनेगरी गुरुयोजनालाई अन्तिम रूप दिने तयारी भइरहेको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिनुभयो । ‘गुरुयोजनाले प्रदेशभित्र रहेका सडकको पहिचानसँगै निर्माण, मर्मत र रेखदेखमा टेवा पुग्ने छ’ मन्त्री ढकालले भन्नुभयो ‘दातृ निकायलाई लगानी गर्न समेत सहज हुनेछ ।’

लुम्बिनी प्रदेशमा रहेका जम्मा ३ सय ८९ सडक मध्ये ३१ वटा सडकलाई प्रदेशको मातहतमा राखिएको छ । प्रदेश गौरवको आयोजनामा पर्ने पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोट जोड्ने सडक नै प्रदेशको सबैभन्दा ठूलो सडक बनेको छ । उक्त सडक १ सय ९६ किलोमिटर लामो रहेको छ ।

सडक निर्माण, मर्मत सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न लुम्बिनी प्रदेश सरकारले २०७७ मा ऐन ल्याएको थियो । सो ऐनलाई कार्यान्वयन गर्ने गरी अहिले प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button