तपाईँ सुन्दै हुनुहुन्छः

उद्धार र राहतमा जुट्न चिनिया राष्ट्रपतिको अपिल

बेइजिङ । चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सी चिनफिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरूको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न माग गर्नुभएको छ ।

साथै, उहाँले प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापना गर्न पनि आग्रह गर्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मङ्गलबार उद्धार कार्य सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

उहाँले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य उपप्रधानमन्त्री झाङ गुओ छिङले भूकम्प गएको ठाउँमा टोलीको नेतृत्व गर्नुभएको छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button