मधेश प्रदेश सभाको अधिवेशन भोलीबाट
जनकपुरधाम । मधेश प्रदेश सभाको चौथो अधिवेशन भोली दिउँसो १ बजेबाट शुरु हुन लागेको छ । गत भदौ २९ गते बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक लामो समयपछि बस्न लागेको छ ।
प्रदेश सभाको बैठकको लागि प्रदेश सभा सचिवालयले आज कार्यसूची पनि प्रकाशित गरेको छ । भोलीको बैठकमा प्राकृतिक श्रोत र धान समितिको प्रतिवेदन पेश गरिने प्रदेश सभा सचिवालयका सचिव बाशु कोइरालाले जानकारी दिनु भएको हो ।
प्रदेश सभा सचिवालयले बैठकको सबै तयारी पनि पुरा गरेको छ । मधेश प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकमा विभिन्न दलका नेताहरूले शुभकामना दिनु हुने कार्यसूचीमा उल्लेख रहेको छ । सबै दलका नेताहरूले अधिवेशन लागि शुभकामना दिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्