पाँच महिनामा कर्णाली प्रदेशको विकास खर्च एक अर्ब मात्रै
जुम्ला । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा एक अर्ब मात्रै विकास बजेट खर्च भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिर मसान्त सम्म कूल पुँजीगत खर्च एक अर्ब मात्रै खर्च भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतको विवरणअनुसार मङ्सिर मसान्तसम्म कर्णाली प्रदेशको विकास बजेट खर्च एक अर्ब मात्रै भएको पाइएको छ । कर्णाली प्रदेश सरकारका सात मन्त्रालय तथा मन्त्रालय मातहतका विषयगत कार्यालय र ७९ वटा स्थानीयतहमा पूर्वाधार विकासतर्फ पुँजीगत बजेट कूल १८ अर्ब विनियोजन गरिएको थियो ।
हरेक वर्ष बजेट कार्यान्वयनका नयाँ नीति र योजना ल्याएपछि कार्यसम्पादन कमजोर हुँदा विकास बजेट खर्चले गति लिन सकेको छैन । जसका असारका केही दिनमै अर्बौँ खर्च हुने गुणस्तर विकास पनि नहुने तथा बजेट फ्रिज जाने समस्या रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्