निजी क्षेत्रले विश्वास गुमाएको छ : महामन्त्री थापा
पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नीजि क्षेत्रले हाल विश्वास गुमाएको बताउनुभएको छ ।
नेपाली काँग्रेस गण्डकी प्रदेश स्तरीय अभिमुखीकरणमा महामन्त्री थापाले अहिलेको अवस्थामा निजी क्षेत्रले विश्वास गुमाएको दाबी गर्नुभयो । बैङ्कमा अर्बौँ रुपैयाँ हुँदा पनि लगानी गर्न नसकिएको अवस्था रहेको उल्लेख गर्दै उहाँले अहिलेको अवस्थामा निजी क्षेत्रले विश्वास आर्जन गर्न आवश्यक भएको बताउनुभयो ।

सबै भन्दा ठुलो पार्टी भएको काँग्रेसले अबको दशक समुन्नतको दशको रुपमा सबैले जिम्मेवार भएर काम गर्न महामन्त्री थापाले आग्रह गर्नुभयो । संविधानको सफलताको लागि केही कदम चलाउने उहाँले जनाउनुभयो ।
उहाँले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।
सहकारी ठगी प्रकरणमा आरोपितहरूको छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्