तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीमा अनुशासन आवश्यक : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७औँ वार्षिक उत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताउनुभयो । 

महासचिव पोखरेलले पार्टीमा वैरीहरूले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताउनुभयो । उहाँले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताउनुभयो । 

महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताउनुभयो । “देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नु सक्नुपर्दछ”, उहाँले भन्नुभयो । 

महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button