तपाईँ सुन्दै हुनुहुन्छः

आविष्कार केन्द्रद्वारा नारायणीका ६० बढी स्वास्थ्य उपकरणको मर्मत

'उपकरणहरू सञ्चालनमा आएसँगै अस्पतालको सेवा स्तरमा  वृद्धि'

बीरगंज । राष्ट्रिय आविष्कार केन्द्रले बीरगंज स्थित नारायणी अस्पतालमा बिग्रीएर प्रयोगविहीन भएका ६० भन्दा बढी स्वास्थ्य उपकरणहरूको मर्मत कार्य सम्पन्नगरीे पुनः सञ्चालन भएसँगै अस्पतालको सेवा स्तरमा समेत वृद्धि भएकाे छ । 

राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा अस्पतालमा रहेका ६० भन्दा बढी स्वास्थ्य उपकरणहरूको मर्मत कार्य सम्पन्न गरेर अस्पताल प्रशासनले झन्डै डेढ करोड रुपैयाँ बचत गरेको नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले बताउनुभयो  ।

अस्पतालका आइसियु, एनआइसियु , रेडियोलोजी, शल्यक्रिया कक्ष, र डायलिसिस—कक्षमा रहेका उपकरणहरूको अवस्था लामो समयदेखि समस्याग्रस्त थियो । उपकरणहरूको बिग्रिएको अवस्थामा अस्पताल सेवामा ठूलो चुनौती भइरहेको बेला  अस्पताल प्रशासनले राष्ट्रिय आविष्कार केन्द्रसँग उपकरणहरू मर्मतका लागि सम्झौता गरेको थियो ।

सम्झौता गरिएको केही दिन भित्रै विशेषज्ञहरूले उपकरणहरूको मर्मत कार्य सम्पन्नगरीे पुनः सञ्चालन भएसँगै बिरामीहरूको उपचार प्रक्रिया सहज भएको छ । 

एनआइसियुमा बेबी वार्मर, फोटो थेरापी मेसिनजस्ता उपकरणहरूको मर्मतपछि नवजात शिशुहरूको हेरचाहमा सुधार आएको छ । आइसियुमा विभिन्न भेन्टिलेटर, पेसियन्ट मनिटर, र सिरिन्ज पम्पहरूको मर्मतलेसेवा थप प्रभावकारी बनाएको छ भने रेडियोलोजी विभागमा सीआर रिडर मेसिनले पुनः काम गर्न थालेपछि बिरामीहरूको छिटो परीक्षण सम्भव भएको छ । यस्तै, शल्यक्रिया कक्षका विभिन्न उपकरणहरूको मर्मतपछि शल्यक्रियाको प्रभावकारिता बढेको छ ।

डायलिसिस सेवाका उपकरणहरूमध्ये केहीमा जटिल प्राविधिक समस्या रहेको भए पनि त्यसको निराकरणका लागि थप प्रयास भइरहेको अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले बताउनुभयो । मर्मत कार्य सम्पन्न गर्न उपकरणहरूको परीक्षण, आवश्यक सुधार, र प्राविधिक समाधानका चरणहरू राष्ट्रिय आविष्कार केन्द्रले पूरा गरेको हो ।

उपकरणहरू मार्फत गर्नका निमित्त अस्पताल प्रशासनले राष्ट्रिय आविष्कार केन्द्रसँग पुस ११ गते लिखित सम्झौता गरेको थियो । सम्झौतामा मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र केन्द्रका तर्फबाट बायो मेडिकल इन्जिनियर उमेश किराँतले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । 

सम्झौता अनुसार, बिग्रेका करिब ४ करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरणहरूलाई सञ्चालनमा ल्याउने जिम्मा केन्द्रले लिएको छ ।

अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार सम्झौताले नारायणी अस्पतालको सेवा क्षमतामा मात्र सुधार ल्याएको छैन, उपकरणहरूको दीर्घकालीन उपयोगमा समेत योगदान पु¥याएको छ । यसले अस्पतालको आर्थिक व्यय कम गर्दै सेवा प्रवाहलाई समयसापेक्ष बनाएको छ ।

नारायणी अस्पतालको विकास समितिका अध्यक्ष धिरज गुप्ताले उपकरण मर्मत कार्यलाई अस्पतालको गुणस्तरीय सुधारतर्फको ऐतिहासिक कदम भएको दाबी गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button