तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर र कैलालीमा धपक्कै छोपिने हुस्सु र कुहिरो

कञ्चनपुर । कञ्चनपुर र कैलालीमा हुस्सु र कुहिरोले धपक्कै छोप्न थालेको छ । 

आज बिहानैदेखि हुस्सु र कुहिरोले छोपेको छ । गत मङ्सिर पहिलो साता केही दिन हुस्सु लागे पनि दिउँसो घाम लाग्दा त्यति चिसो भएको थिएन । मध्य पुससम्म नै पश्चिम नेपालमा घाम लागेकाले जनजीवन सामान्य नै रहे पनि आजदेखि चिसो बढेको छ ।

आज दिनभर नै हुस्सु र कुहिरोले छोपेकोले घाम देख्न पाइएन । सुदूरपश्चिमका पहाडी जिल्लामा मौसम सफा रहे पनि कञ्चनपुर र कैलाली झर्दा भने मौसम प्रतिकुल देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button