तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो नेपाल-चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनलाई

कास्की । पोखरामा आइतबारदेखि सुरु भएको दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै  ड्रागन बोट टिमले हात पारेको छ । सोमबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा चिनिया टिमले जित निकालेको हो ।

सोमबार फेवा तालमा भएको फाइनल प्रतियोगिताको २ सय मिटर रेसमा पहिलो ल्वान्तोङ स्पोर्टस क्लब  ,दोस्रो युयानमिज विश्व विद्यालय र तेस्रो चाइनाको ल्याउँछन् युनिभर्सिटी भएका छन् । पहिलो समूहले ५ हजार अमेरिकी डलर सहित शिल्ड मेडल प्राप्त गरे । त्यसै ५ सय मिटर रेसमा २ मिनेट ४ सेकेण्डमा दुरी पुरा गरी रेसको प्रथम चिनिया टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री  र नेपालका लागी चिनिया राजदूत यङसङ पोखरा महानगरपालिका मेयर लगायतले सम्मान गर्नु भएको थियो । ६  हजार अमेरिकी डलर शिल्ड र मेडल प्राप्त गरेका थिए । दोस्रो चीनको ल्वाछोङ युनिभर्सिटी ले निधारीत दुरी २ मिनेट ७ सेकेण्डमा पुरा गरेको थियो । दोस्रो हुनेलाई शिल्ड मेडल प्राप्त गरेका थिए । तेस्रो पनि चाइनाकै हुवस स्पोर्टस युनिभर्सिटी भयो । उसले  प्रतियोगितामा २ मिनेट ८ सेकेन्डमा पुरा गरेको थियो ।  

नेपाल र छिमेकीमूलक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको फेस्टिभल  आयोजना गरिएको थियो ।

फेस्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी रहेका थिए । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा २० टोली सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी १२९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए ।

प्रतियोगितामा चीनको  सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशनसहित नेपालका ११ टोलीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button