तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न कार्यक्रम गरी तमु ल्होसार मनाइँदै (फोटो फिचर) 


काठमाडौँमा सोमबार गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिले आयोजना गरेको पदयात्रा र्‍याली वेशभूषामा नृत्य देखाउँदै गुरुङ समुदाय ।

काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदै छन् ।

‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउने गर्छन् । सो अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । 

काठमाडौँमा आयोजित र्‍यालीमा सांस्कृतिक पहिचानसहितको जातीय वेशभूषामा सहभागी हुँदै गुरूङ समुदाय ।

गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिले आयोजना गरेको पदयात्रा र्‍यालीमा मौलिक पहिचान झल्किने प्रतिबिम्वको साथमा गुरुङ समुदाय ।
तनहुँको दमौलीमा सोमबार निकालिएको सांस्कृतिक झॉकीमा पाउदुरे नृत्य प्रस्तुत गरिँदै ।
तमु ल्होसारका अवसरमा काठमाडौँमा गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिले आज आयोजना गरेको कार्यक्रमस्थलतर्फ परम्परागत जातीय पोसाकमा सजिएर जाँदै युवतीहरु ।
तमु ल्होसारः जातीय वेशभूषामा नृत्य गर्दै गुरुङ समुदाय

काठमाडौँमा निकालिएको र्‍यालीमा सांस्कृतिक पहिचान झल्कने जातीय वेशभूषा, रैथाने बाजालगायतका सामग्रीसहित सहभागी हुँदै गुरूङ समुदाय ।

तस्बिर- रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button