तपाईँ सुन्दै हुनुहुन्छः

पारिस्थितिक प्रणालीको संरक्षण मुख्य सवाल: मुख्यमन्त्री आचार्य 

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरण सन्तुलन कायम राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताउनुभएको छ।

पाल्पाको वसन्तपुरमा प्राणी शास्त्र सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सोमवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताउनुभएको हो । “वातावरणीय सन्तुलन जरुरी छ । पारिस्थितिक प्रणालीलाई जोगाउन छ । यसकालागि लुम्बिनी प्रदेशमा यहाँहरूले गर्ने खोज अनुसन्धानबाट प्राप्त नतिजालाई आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउँछ” । उहाँले भन्नुभयो 

लुम्बिनी प्रदेश जैविक विविधताले धनी छ । यसलाई बचाइराख्न जरुरी छ । लोपोन्मुख जीवजन्तुको संरक्षण जरुरी छ । मानिस जीवनको अस्तित्व जोगाउन पनि पारिस्थितिक प्रणाली संरक्षण गर्न जरुरी छ ।झ विकास र समृद्धिको आधारको रुपमा वातावरणीय क्षेत्र रहेको, यसको संरक्षण र मितव्ययी सदुपयोगबाट दिगो विकासको आधार निर्माण गर्न सकिने उहाँले बताउनु भयो। प्राणी शास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेश्नल कंग्रेस अफ जोलोजि सुरु भएको छ । प्राज्ञिक, वैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको  नेपाल जोलोजिकल सोसाइटिका अध्यक्ष प्राध्यापक प्रा.डा. महेन्द्र महर्जनले बताउनुभयो ।

सम्मेलनमा जैविक विविधता र पारिस्थितिक प्रणाली, मानव वन्यजन्तु द्वन्द्व र न्युनिकरण लगायतका विषयमा छलफल  भइरहेको छ । सम्मेलनमा देशभरबाट १५० भन्दा बढी प्राणीशास्त्रीहरुको सहभागिता रहेको छ । प्राणी शास्त्री र अनुसन्धानकर्ताहरू लुम्बिनी केबलकारको यात्रा मार्फत माथिल्लो  स्टेशन वसन्तपुरमा सम्मेलन गरी  प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर दर्शन समेत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button