तपाईँ सुन्दै हुनुहुन्छः

हाप्किडो राष्ट्रिय च्याम्पियनसिपमा लुम्बिनीलाई पहिलो स्थान

नेपालगञ्ज । नेपालगञ्जमा सम्पन्न ‘दोस्रो प्रोफेसनल हाप्किडो राष्ट्रिय च्याम्पियनसिप २०८१’ मा लुम्बिनीले पहिलो स्थान स्थान हासिल गरेको छ । नेपालगञ्ज रङ्गशालास्थित कभर्डहलमा सम्पन्न प्रतियोगितामा लुम्बिनीले १७ स्वर्ण, १३ रजत र ७ कांस्य पदकसहित पहिलो स्थान हासिल गरेको हो ।

११ स्वर्ण, ९ रजत र ८ कांस्य पदक जितेर सुदूरपश्चिम प्रदेश दोस्रो भएको छ । कोशी प्रदेशले ६ स्वर्ण, ७ रजत र ७ कांस्य पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी सुदूरपश्चिमका नविनबहादुर धामी र महिलातर्फ लुम्बिनी प्रदेशकी विनिता केसी घोषित हुनुभयो । उदयमान खेलाडीमा राजकुमार महताले आफ्नो नाम दर्ज गराउनुभएको छ ।

पुस १२ र १३ गते गरी दुई दिन चलेको प्रतियोगिताको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button