तपाईँ सुन्दै हुनुहुन्छः

शरण हुमागाईँको ‘मेरो माया बुझेनन् कसैले’ बजारमा

काठमाडौँ । लामो समयदेखि सञ्चार कर्म र साङ्गीतिक क्षेत्रमा सक्रिय लोक तथा दोहोरी गायक शरण हुमागाईँले पछिल्लो समय कारुणिक गीत  ‘मेरो माया बुझेनन् कसैले’ बजारमा ल्याउनुभएको छ । 

गायक हुमागाईँका यसअघि करिब तीन दर्जन गीत बजारमा आइसकेका छन् । गायन, गीत लेखन, निर्देशन र पछिल्लो समय अभिनयमा पनि सक्रिय रहनुभएका हुमागाईँका यस अघिका सृजना पनि श्रोता तथा दर्शकको रोजाई परेका थिए। 

पछिल्लो समय बजारमा आएको  ‘मेरो माया बुझेनन् कसैले’ गीतमा विगतका यादहरू र आफ्ना भन्नेहरू अनि भगवानले समेत बुझन् नसकेका पीडा समेटिएका छन् । वियोगान्त प्रेम भावमा तयार भएको गीतमा शरण हुमागाईँ र गीतादेवीको सुमधुर स्वर सुन्न सकिन्छ । विष्णु तामाङको सङ्गीत संयोजनमा तयार भएको यो गीतमा विष्णु तामाङको लय र शरण हुमागाईँको शब्द रहेको छ । शंकरा डिजिटल रेकडिङ स्टुडियोमा सागर पुनले रेकर्ड गरेको यो गीतलाई कुमार सानु पुनले अडियो मिक्सिङ मास्टरिङ गर्नुभएको छ । 

गीतको म्युजिक भिडियो पनि गीतको भावअनुसार देखाउन निकै नै मेहनत गरेको देख्न सकिन्छ । विष्णु तामाङको पटकथामा समिर थोकरले निर्देशन गर्नुभएको उक्त गीतको म्युजिक भिडियो सुशील डाँगीले खिच्नुभएको हो । जीवन पासाको शृङ्गार अनि सुशील डाँगीको सम्पादनमा तयार भएको यो गीतमा गायक तथा सर्जक स्वयम् शरण हुमागाईँ, जीतबहादुर खड्का र आयुष्मा कार्कीको जीवन्त अभिनय रहेको छ । 

 ‘मेरो माया बुझेनन् कसैले’ बोलको गीत शरण हुमागाईँ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

शरण हुमागाईँको  ‘मेरो माया बुझेनन् कसैले’ बजारमा (भिडियाे) :

प्रतिक्रिया राख्नुहोस्

Back to top button