तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारी कामलाई प्रभावकारी बनाउन सरकार क्रियाशील’

जनकपुरधाम । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दुई ठूला पार्टी मिलेर बनेको सरकारले जनताको अपेक्षा पुरा गर्न सरकारी कामलाई प्रभावकारी बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

महोत्तरी जिल्लाको कार्यक्रममा सहभागी हुने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकारी कामकाजलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा नै गर्भन्मेन्ट रिफर्म सेन्टरको निर्माणका साथै त्यसका युनिट हरेक कार्यालयमा राख्ने गरि गृहकार्य अगाडी बढाइएको बताउनुभयो ।

उहाँले पहिलाको तुलनामा सरकारको कामले गति लिएको दाबी गर्दै मुलुकको धेरै क्षेत्रमा सुधार भएपनि अगामी दिनमा थप सुधार गर्ने विषयमा सरकार चिन्तित रहेको बताउनुभयो ।

मुलुकको अर्थतन्त्रको विषयमा गरिएको जिज्ञासामा उहाँले मुलुकको हरेक आर्थिक सूचकमा सुधार हुँदै गएको र नेपाल लगानीका लागि उपयुक्त देश भएको प्रमाणित भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button