“सबैको प्रयासले मात्र मानव बेचबिखन रोकथाम गर्न सकिन्छ”
बाँके । मानव बेचबिखन रोकथाम र न्यूनीकरण जस्तो संवेदनशील मुद्दामा अन्तरदेशिय सञ्जाल मार्फत सहकार्य गर्नुपर्ने एक कार्यक्रमका सहभागीले सुझाव दिएका छन् ।
जिल्ला मानव बेचबिखन रोकथाम संयन्त्र बाँकेको आयोजनामा आयोजित एक दिने मानव बेचबिखन विरुद्धको अन्तरदेशिय कार्यशालाका सहभागीले सो कुरा औँल्याएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले मानव बेचबिखनको जालोले समाजलाई नराम्रोसँग गाँजेको बताउँदै समन्वय, सहकार्यबाट मात्र यसको रोकथाम र न्युनिकरण गर्न सकिने बताउनु भयो ।
माइती नेपालका विश्वराम भट्टराई, मानव सेवा संस्था गोरखपुरका महेवुव शेष, दिल्ली प्रहरीका प्रहरी निरीक्षक केएल सिंहले मानव बेचबिखनको अवस्थाका बारेमा प्रस्तुती गर्नु भएको थियो ।
नेपालमा वर्षेनी करिब ४० हजार ३ सय कुनै न कुनै बाहानामा बेचबिखनको चपेटामा पर्ने र यी मध्ये २६ हजार ५ सयको मात्र उद्धार हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष शायद इस्तियाक अहमद शाह र भारतका मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था, राज्यका निकायहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्