सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । अस्पतालका अनुसार हृदयाघातका कारण शुक्रबार राति उहाँको निधन भएको हो ।
हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो ।उनको शव अहिले अस्पतालमै रहेको छ। उहाँले ६ बर्ष सर्वोच्चमा न्यायाधीश भएर काम गर्नुभएकाे थियो।
२२ भदौ २०६५ मा नियुक्त भएका उहाँ पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थायी न्यायाधीशबाटै अवकाश भएका थिए ।
प्रतिक्रिया राख्नुहोस्