तपाईँ सुन्दै हुनुहुन्छः

दृष्टिविहीनका लागि आश्रय सहितको विद्यालय निर्माण जरुरी : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि प्रदेशको राजधानी क्षेत्रमा आश्रय सहितको विद्यालय निर्माणमा सरकार सघाउनका लागि तयार रहेको बताउनु भएको छ । 

मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका दृष्टिविहीनहरूको एक समूहसँगको भेटघाटमा आश्रयसहितको विद्यालयका लागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनतर्फ लाग्नका लागि सुझाव पनि दिनु भएको हो ।   

उहाँले जनकपुरधाममा गुठीको जग्गा पनि ती जग्गाको प्राप्तिमा निकै कठिनाइ हुने हुँदा तत्काल अपाङ्गता भएकाहरूका लागि कुनै संस्थाको प्रयोग विहीन रहेका भवनमा दृष्टिविहीनहरूका लागि विद्यालय सञ्चालन गर्ने विकल्प रोज्नका लागि आग्रह गर्नु भयो । 

मुख्यमन्त्री सिंहले दृष्टिविहीनहरूको कल्याणका लागि स्थानीय सरकार तथा स्वयंसेवी संस्थासँग समन्वय गर्ने जानकारी दिनु भयो ।  

मुख्यमन्त्री सिंहसँग भेट्नका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुग्नु भएका दृष्टिविहिनहरुले विगतका प्रदेश सरकारसँग आफूहरूले बास र लेखपढका लागि विद्यालय सञ्चालन गरिदिनका लागि आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button