वर्तमान सरकार असफल भए मुलुकमा राजनैतिक अराजकता निम्तिने छ : शेखर कोइराला
धनगढी। नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार असफल भए मुलुकमा राजनैतिक अराजकता निम्तिन सक्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले विशिष्ट परिस्थितमा गठन भएको सरकार कुनै हालतमा चल्नु पर्ने बताउनु भयो ।
‘सरकारलाई असफल हुने छुट छैन, सरकार असफल भए मुलुकमा अराजकता निम्तिन सक्छ, हामी सबैलाई चिन्ता छ, सरकार कुनै हालतमा अगाडि जानू पर्छ’,उहाँले भन्नुभयो ।
नेता कोइरालाले काँग्रेस र एमाले बीच भएको सात बुँदे समझदारी अनुसार संविधान सुधार, अर्थतन्त्र, सुशासन, विकासलाई प्राथमिकता दिएर सरकार अघि बढ्नु पर्ने बताउनु भयो ।
उहाँले संविधान सुधारका लागि सम्पूर्ण राजनीतिक दलसँग संवाद, छलफल आवश्यक रहेको र त्यसमा सरोकारवाला सबैले दबाब सृजना गर्नु पर्नेमा जोड दिनु भयो ।
नेता कोइरालाले छिमेकी मुलुक भारत नेपाल सरका सँग असन्तुष्ट भएको जस्तो लाग्दैन भन्नू हुँदै प्रधानमन्त्रीको चीन भ्रमण स्वभाविक भएको बताउनु भयो ।
पत्रकारको जिज्ञासामा कोइरालाले पार्टी सभापति शेर बहादुर देउवासँग कुनै असमझदारी नरहेको र उहाँसँग संवाद, छलफल भइरहेको बताउनु भयो ।
काँग्रेसको १५ औ महाधिवेशनमा सभापति पदमा आफ्नो दाबी स्वभाविक भएको र कोइराला परिवारलाई एक ठाउँमा राख्ने गरि कुरा मिलाउने उहाँले बताउनु भयो ।
नेता कोइरालाले भौतिक संरचना बनेको गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि आफू लागि परेको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्