तपाईँ सुन्दै हुनुहुन्छः

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ ।

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा आफ्ना कोरियाली समकक्षी इन्क्यो च्योङको निमन्त्रणामा उहाँ कोरिया भ्रमणमा हुनुहुन्थ्यो । भ्रमणका क्रममा नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन ‘फ्रेमवर्क’ टिआइपिएफ० सम्झौतामा हस्ताक्षर भएको थियो ।

मन्त्री भण्डारीले त्यहाँ रहँदा कोरियाका लगानीकर्ताहरुसँग छलफल गर्नाका साथै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको थियो । साथै उहाँले कोरियामा नेपाली वस्तुको प्रवद्र्धनका लागि त्यहाँका चेम्बर पदाधिकारीसँग पनि विचारविमर्श गर्नुभएको थियो ।

यसैबीच, नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न बिहीबार नै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र कोरिया इम्पोटर्स एसोसिएशनका अध्यक्ष बुवाङ कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button