बाजुरामा दुई झोलुङ्गे पुलको उद्घाटन
बाजुरा । रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल लगायतको टोलीद्वारा बाजुराको गौमुल गाउँपालिकामा निर्माण भएका २ झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । गौमुल गाउँपालिकाको वडा नम्बर-२ मल्लोदुगनमा एग्रीकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल (कादुरी) नामक संस्थाले निर्माण गरेका २ वटा झोलुङ्गे पुल उद्घाटन गरिएको हो ।
मल्लोदुगुनमा आयोजित एक औपचारिक कार्यक्रमकाबिच झोलुङ्गे पुलको रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल, सहसचिव ज्ञान प्रसाद ढकाल, लगायत कादुरी संस्थाका प्रतिनिधि हरुले संयुक्त रुपमा उद्घाटन गरेपछि स्थानीय नागरिकलाई आवतजावत निकै सहज हुने भएको छ।
रक्षा सचिव दंगालले सो अवसरमा उक्त संस्थाले निर्माण गरेको मल्लोदुगुन बिद्युत् हाइड्रोपावरको अनुगमन समेत गर्नुभएको छ।
कादुरी संस्थाले दुर्गम गाउँहरूमा हाइड्रोपावर,झोलुङ्गे पुल लगायत विकास निर्माणका कार्यहरू गर्दै आएको छ।
प्रतिक्रिया राख्नुहोस्