तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले खेल रद्द भएपछि नेपाल र भारतले एसिसी महिला यु–१९ एसिया कपमा अङ्क बाँडे

काठमाडौँ । वर्षाका कारण खेल रद्द भएपछि नेपाल र भारतले एसिसी महिला यु–१९ एसिया कपमा अङ्क बाँडेका छन् ।

मङ्गलवार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइ रहेको भारतले ३.१ ओभरमा कुनै पनि विकेट नगुमाई २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भव नभए पछि दुवै टोलीलाई एक अङ्क दिइएको छ ।

यो नतिजासँगै समूह ‘बी’ मा सामना तीन अङ्क रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बनेका छन् । त्यसअघि  टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान पूजा महतोले २५ र अलिशाकुमारी यादवले अविजित २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । भारतका लागि परुनिका सिसोडियाले चार तथा मिथाली र आनन्दिताले समान एक विकेट लिए ।

सुपर फोरमा नेपालले बिहीबार श्रीलङ्का र शुक्रबार बङ्गलादेशको सामना गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशि घोषणा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button