तपाईँ सुन्दै हुनुहुन्छः

महिला यु–१९ एसिया कपः पाकिस्तानले नेपाललाई दियो एक सय पाँच रनको लक्ष्य

काठमाडौँ I मलेसियामा जारी महिला यु–१९ एसिया कपमा पाकिस्तानले नेपाललाई जितका लागि एक सय पाँच रनको लक्ष्य दिएको छ । 

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको हो । 

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् । यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट छ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् । 

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक/एक विकेट लिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button