बुटवलको तिनाउ पुलमा जिप दुर्घटना : चालकसहित तीन जनाको मृत्यु
रुपन्देही । बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिँदा दम्पतीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहनुभएको छ ।
गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उहाँले बताउनुभयो ।
उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोस्टमार्टम लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्