अन्नपूर्ण अध्यक्ष कप: बास्केटबलमा पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा

पोखरा । प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनलमा पोखरा महानगरपालिका र बेनी नगरपालिका फाइनल प्रवेश गरेका छन् ।
त्यसै गरी दोस्रो सेमिफाइनलमा रघुगंगा गाउँपालिका र जलजला गाउँपालिका भिड्ने भएका छन्। पोखरा रङ्गशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनल समीकरण पुरा भएको कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघका अध्यक्ष कृपाश्वर गुरुङले बताउनु भयो ।
पहिलो क्वाटरफाइनल खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)लाई ६५–५३ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का गर्यो । यस्तै दोस्रो खेलमा पर्वतको जलजला गाउँपालिकाले मोदी गाउँपालिकालाई ६४–५८ ले पराजित ग¥यो । तेस्रो खेलमा पोखरा महानगरपालिकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६७–५७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । क्वाटरफाइनलको अन्तिम खेलमा बेनी नगरपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ६७–५१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो ।
महिलातर्फको पहिलो खेल शुक्रबार ललितपुर र ग्राण्डबीच हुनेछ । यस्तै दोस्रो खेल अन्नपूर्ण र मर्दीखोलाबीच हुनेछ । गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १ लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल सङ्घको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ भने ६ टिमको सहभागिता रहेको सङ्घले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्